close

टिण्डरमा प्यानिक बटन, डेटिङमा हिंसा भए प्रहरीलाई जानकारी

टेकपाना टेकपाना

माघ १०, २०७६ १३:२१

टिण्डरमा प्यानिक बटन, डेटिङमा हिंसा भए प्रहरीलाई जानकारी

चर्चित अनलाइन डेटिङ एप टिण्डरले प्रयोगकर्ताको सुरक्षाको लागि नया“ फिचर ल्याउने भएको छ । टिण्डरले जनवरी अन्तिमदेखि अमेरिकामा परीक्षण गर्ने तयारी गरेको फिचरले प्रयोगकर्तालाई अनलाइनमार्फत भेटेर डेटमा जा“दा सुरक्षित बनाउने दाबी गरिएको छ ।

टिण्डरले एपमा प्यानिक बटन राख्ने र प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने जनाएको छ । कुनै प्रयोगकर्ताले डेटमा जानु अघि आफूले भेट्न लागेको व्यक्तिको सबै डाटाहरु सेभ गरेर राख्न सक्नेछन् भने डेटको क्रममा कुनै प्रकारको हिंसा भए वा असुरक्षित महसुस भए एपमा भएको प्यानिक बटन थिच्ने सुविधा हुनेछ ।

योबाहेक टिण्डरले प्रयोगकर्ताको फोटो भेरिभिकेसनलाई पनि अनिवार्य गर्ने भएको छ जसका कारण नक्कली फोटो राखेर
टिण्डर प्रोफाइल बनाउने क्रम अन्त्य हुने कम्पनीको दाबी छ ।

यी फिचरहरु विश्वभरका प्रयोगकर्ताले प्रयोग गर्न भने केही महिना कुर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१