close

माइक्रोसफ्ट पावर एपमार्फत बाहिरियो ३ करोड ८० लाख मानिसको व्यक्तिगत जानकारी

टेकपाना टेकपाना

भदौ ८, २०७८ १६:३४

माइक्रोसफ्ट पावर एपमार्फत बाहिरियो ३ करोड ८० लाख मानिसको व्यक्तिगत जानकारी

काठमाडौं । माइक्रोसफ्ट पावर एपमार्फत तीन करोड ८० लाख मानिसकाे व्यक्तिगत जानकारी बाहिरिएको छ । जसमा व्यक्तिको सामाजिक सुरक्षा नम्बर, फोन नम्बर, ईमेल एड्रेस, कोभिड खोप लगाए/नलगाएको तथा घरको जानकारी समेत रहेको जनाइएको छ ।

माइक्रोसफ्टको पावर एपको उक्त डेटा लिकमा अमेरिकन एयरलाइन्स, न्यूयोर्क सिटी पब्लिक स्कुल, फोर्ड, म्यारिल्याण्ड डिपार्टमेन्ट अफ हेल्थ र न्युयोर्कको ट्रान्सपोर्ट अथोरिटीको जानकारी बाहिरिएको जनाइएको छ ।

हालसम्म उक्त डेटा लिकको घटना कसरी भयो र घटनामा को संलग्न छन् भन्ने विषयमा भने जानकारी प्राप्त भएको छैन । साइबर सेक्युरिटी कम्पनी अपगार्डका अनुसार उक्त घटना गएको मे महिनामा भएको थियो ।

तीन महिनाअघि डेटा बाहिरिएको भएता पनि त्यसको दुरुपयोग भने हालसम्म नभएको जनाइएको छ ।

लिक भएको डेटा माइक्रोसफ्ट पावर एप पोर्टल सर्भिसमा उपलब्ध रहेको जनाइएको छ । उक्त पावर एप डेभलपमेन्ट प्लेटफर्म हो, जुन वेब तथा मोबाइल एप निर्माणको लागि प्रयोग हुने गरेको छ । 

डेली मेलबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१