close

खल्ती वालेटबाट नेपाल लाइफको प्रिमियम तिर्दा १५ सय रूपैयाँसम्म क्यासब्याक पाइने

टेकपाना टेकपाना

भदौ ९, २०७८ १०:१०

खल्ती वालेटबाट नेपाल लाइफको प्रिमियम तिर्दा १५ सय रूपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले आकर्षक क्यासब्याक पाउने भएका छन् । गत सोमबारदेखि सुरु भएको यो फरमा १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्ने छ ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनले जनाएको छ ।

नेपाली बजारमा गरिने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरी ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले यस अफर कार्यान्वयनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक पवल खरेलले जानकारी दिए ।

१९ लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ ।

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१