काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेले क्यूआर कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एक दिनमै १० लाख पटक क्यूआर कोडमार्फत कारोबार सम्पन्न गरेको हो ।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कम्पनीले आइतबार (१७ चैत) यो उपलब्धि हासिल गरेको जानकारी दिएको छ । फोनपेले यो सफलतामा साथ दिने बैंक तथा वित्तीय संस्था, ग्राहक तथा व्यापारीहरू सबैलाई धन्यवाद दिएको छ ।
२०१९ मा सेवा सञ्चालनमा आएकाे फोनपेले प्रायः सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराएको छ । यसअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक क्यूआर प्रविधि भित्र्याएकाे हाे ।