टेकपाना
भदौ १०, २०७८ १३:११
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हालै मात्र मेरो शेयर प्रयोगकर्ताले स्वयम् पासवर्ड रिसेट गर्न सकिने फिचर ल्याएको छ ।
यसअघि पासवर्ड बिर्सिएको अवस्थामा सेवा नै अवरुद्ध हुने र सो सेवा पुनः सुचारु गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो ।
यस्तोमा सीडीएससीले प्रयोगकर्ताको सहजताका लागि मेरो शेयर एप तथा वेबसाइटमा स्वयम्ले आफ्नो पासवर्ड रिसेट गर्न पाउने सुविधा थपेको हो ।
कसरी गर्ने रिसेट ?
यसका लागि मेरो शेयरको लगईन पेजमा जानुहोस् ।
अब त्यहाँ रहेको ‘Forget your password’ लेखिएको लिंकमा क्लिक गर्नुहोस् ।
अब त्यहाँ आफ्नो युजरनेम, दर्ता भएको ईमेल र जन्ममिति राख्नुहोस् । याद राख्नुहोस्, बीओआईडी नम्बरको अन्तिम तिरको ८ अङ्क नै तपाईंको युजर आईडी हो ।
अब अन्तिममा रहेको ‘सेन्ड रिक्वेस्ट’ मा थिच्नुहोस् । यति गरेसँगै तपाईंको ईमेलमा मेरो शेयरको नयाँ पासवर्ड आउनेछ ।
उक्त पासवर्ड राखेर ‘मेरो शेयर’ अकाउन्ट लगईन गर्नुहोस् र सुरक्षाका लागि पासवर्ड परिवर्तन गरेर राख्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१