close

‘ओहो !’ मुभिजमा रिलिज भयो नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’

टेकपाना टेकपाना

भदौ ११, २०७८ १८:४८

‘ओहो !’ मुभिजमा रिलिज भयो नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’

काठमाडौं । ओटीटी प्लेटफर्म ‘ओहो !’ मुभिजमा धुर्मुस सुन्तलीको टिमले तयार पारेको ‘म त मर्छु कि क्या हो’ नामक चलचित्र आजबाट रिलिज भएको छ । सुबिसु केबल नेट प्रालिको सहायक कम्पनीको रुपमा रहेको ओटीटी एप ‘ओहो !’ मा मात्रै यो चलचित्र हेर्न सकिनेछ । 

दर्शकले ‘प्रभु पे’ बाट टिकेट शुल्क भुक्तानी गरी यो चलचित्र हेर्न सक्नेछन् । नेपाल बाहिरबाट चलचित्र हेर्न चाहनेहरूका लागि क्रेडिट कार्डबाट भुक्तानी गर्ने विकल्प रहेको छ ।

आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरी ‘ओहो !’ मुभी एप डाउनलोड गरेर ‘म त मर्छु कि क्या हो’ चलचित्र छनौट गरी प्रभु पे वालेटबाट भुक्तानी गरेर यो चलचित्र हेर्न सकिन्छ । 

यसैगरी प्रभु पेको मोबाइल एपमा गएर समेत ‘ओहो !’ मुभिजमा धुर्मुस सुन्तलीको चलचित्रको टिकेट खरिद गर्न सकिन्छ । ‘ओहो !’ मुभिजमा रहेका कुनै पनि चलचित्रको टिकेट खरिद गरिसकेपछि २४ घण्टाभित्र चलचित्र हेरिसक्नुपर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१