काठमाडौं । फोन भएपछि त्यसमा फोटो, भिडिओसँगै कयौं आवश्यक एपहरु हुने नै भए । मोबाइल आज हाम्रो जिन्दगीको अहम हिस्सा बनिसकेको छ ।
तर कतिपय समय हामीलाई यही फोनले गर्दा हैरानी महसुस हुने गर्दछ । पटक पटक ह्याङ हुन थाल्दछ । साथै कयौं समय स्टोरेजका कारण समस्या हुन्छ ।
यदि तपाईंको फाेन सुस्त वा स्लाे हुन थालेकाे छ भने स्टाेरेजमा गएर कति स्पेस उपलब्ध छ भनेर जाँच्न सक्नुहुन्छ । स्टाेरेजकाे क्षमता भरिएकाे वा भरिन लागेकाे छ भने केही एप, फाेटाे, भिडियाे, रेकर्डिङ र अन्य मिडिया फाइल हटाउन सक्नुहुन्छ ।
याे बेला तपाइले आफ्ना मिडिया फाइल क्लाउड, पेन ड्राइभ वा कम्प्युटरमा लोकल स्टोरेजमा सार्न सक्नुहुन्छ । फाइल डिलिट गरी फाेन रिस्टार्ट गर्नुभयाे भने पुन: यसले राम्राे पर्फमेन्स गर्न थाल्छ ।
यदि हरेक पटक तपाईंलाई फोनको स्टोरेजले दिक्क पारिरहेको छ भने आज हामी तपाईंलाई त्यसको समाधानको बारेमा बताउँदै छौं ।
क्लिनिङ एपको प्रयोग गर्नुहोस्
फोनको मेमोरी फुल हुँदै जाँदा अक्सर प्रयोगकर्ताले क्लिनिङ एपको प्रयोग गरिरहेका हुन्छन् । यसको साटो तपाईं गुगलको फाइल एप प्रयोग गर्नुहोस् ।
यसले क्लिनिङ एपको समेत काम गर्दछ । यसमा जंक फाइल, डुप्लिकेट फाइल, मिम्स, ठूला फाइल आदि कयौं चिजहरु एकसाथ हेर्न सकिन्छ । यसको प्रयोगबाट काफी मात्रामा स्टोरेज खाली गर्न सकिन्छ ।
टेम्पररी फाइल डिलिट गर्नुहोस्
फोनमा रहेका क्याश फाइल डिलिट गरेर समेत तपाईं फोनको स्टोरेज खाली गर्न सक्नुहुन्छ । यसका लागि फोनको सेटिङबाट म्यानेज एप्स हुँदै एप खोल्नुहोस् र क्लियर डेटामा गएर क्याश क्लियर गर्नुहोस् ।
तपाईंले फोनको स्टोरेजमा गएर एकसाथ सबै एपको क्याश क्लियर समेत गर्न सक्नुहुन्छ ।
क्लाउड स्टोरेज प्रयोग गर्नुहोस्
फोटो तथा भिडिओले फोनको धेरैजसो स्टोरेज खपत गरिरहेको हुन्छ । यस्तोमा फोनको स्टोरेज जोगाउन तपाईंले गुगल फोटोज वा अन्य क्लाउड सर्भिस प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसो त पछिल्लो समय मोबाइल कम्पनीहरुले नै क्लाउड स्टोरेज अफर गरिरहेका छन् । यस्तोमा तपाईं क्लाउड स्टोरेज प्रयोग गरेर आफ्ना फोटो तथा भिडिओ फाइलहरु क्लाउड सर्भरमा राख्न सक्नुहुन्छ ।