close

नेपालमै बेलायतको आईटी डिग्री पढाउँदै एआईटीएम

टेकपाना टेकपाना

भदौ १४, २०७८ ८:५३

नेपालमै बेलायतको आईटी डिग्री पढाउँदै एआईटीएम

काठमाडौं । ललितपुरस्थित एसियन इन्स्टिच्युड अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम) कलेजले बेलायतस्थित बर्मिङ्घम सिटी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सुरू गरेकाे छ ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरे ।

कलेजले साे विश्वविद्यालयकाे मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) र बीएससी इन कम्प्युटिङ एन्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी इन आईटी) कोर्ष सञ्चालन गर्नेछ ।

नेपालमै पहिलो पटक बर्मिङ्हम सिटी विश्वविद्यालयसँग साझेदारी भएपछि विद्यार्थीको अध्यापन थप गुणस्तरीय हुने विश्वास कलेजको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१