close

प्रहरी प्रतिवेदन प्रमाणपत्र अब अनलाइनबाटै, यस्तो छ तरिका

टेकपाना टेकपाना

भदौ १६, २०७८ ८:५८

प्रहरी प्रतिवेदन प्रमाणपत्र अब अनलाइनबाटै, यस्तो छ तरिका

काठमाडौं । सरकारले गत आइतबारदेखि पूर्णरुपमा प्रहरी प्रतिवेदन प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) को प्रमाणीकरण अनलाइनबाट उपलब्ध गराउन थालेकाे छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आंशिक रुपमा सञ्चालन भइरहेको अनलाइन प्रविधिलाई पूर्ण कार्यान्वयनमा ल्याएको हो ।

यसले कन्सुलर सेवालाई छिटो, छरितो, प्रभावकारी र सेवाग्राही अनुकुल बनाउने कन्सुलर सेवा विभागकाे भनाइ छ ।

अनलाइनमार्फत प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्नका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा गएर Online Application for Police Clearance Certificate मा क्लिक गरेर अनलाइन आवेदन भर्नुपर्नेछ ।

भरिएको फारम स्वीकृत भएपछि सेवाग्राहीले आफ्नो सेवाग्राहीले एसएमएसमार्फत फारम स्वीकृत भएको जानकारी पाउनेछन् ।

त्यसपछि सोही वेबसाइटको Online Application for Police Clearance Certificate’ मा क्लिक गर्नुहाेस् । ‘Online Payment’ मा गई एसएमएसमा प्राप्त भएको रिफ्रेन्स नम्बर र आफ्नो मोबाइल नम्बर राख्नुहाेस् ।

अब कनेक्ट आइपीएसमार्फत वा भौचर प्रिन्ट गरी ग्लोबल आईएमई बैंकको कुनै पनि शाखाबाट राजश्व दाखिला गर्नुहाेस् ।

अन्तिम चरणमा राजश्व दाखिला गरेको भौचर र आफैंले प्रिन्ट गरेको प्रहरी प्रतिवेदनको रंगिन प्रति लिएर विभागमा आफैं वा आफूले निवेदनमा तोकेको व्यक्ति गएर कागजात लिन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३