close

इन्स्टाग्राम चलाउन अब जन्म मिति अनिवार्य

टेकपाना टेकपाना

भदौ १६, २०७८ १३:२७

इन्स्टाग्राम चलाउन अब जन्म मिति अनिवार्य

काठमाडौं । अब इन्स्टाग्रामका प्रयोगकर्ताले अनिवार्य रुपमा आफ्नो जन्म मिति राख्नुपर्ने भएको छ । आफ्ना युवा प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै इन्स्टाग्रामले प्रयोगकर्ताको अकाउन्टमा जन्म मिति राख्नैपर्ने नियम लागू गर्न लागेको हो ।

पछिल्लो समयमा इन्स्टाग्रामले १३ वर्षभन्दा मुनिका बालबालिकाका लागि भनेर एपको फरक भर्सन ल्याउने तयारी गरिरहेका बेला कम्पनीले जन्म मितिलाई अनिवार्य गर्ने नीति लिएको हो ।

यससँगै कम्पनीले नीति निर्माताहरूलाई सामाजिक सञ्जालले बालबालिकाको सुरक्षा गर्न नसकेको भन्दै आफ्नो नयाँ योजनालाई पनि कार्यन्वयन नगर्न भनेर दबाब नदिन भनेको छ ।

कम्पनीले आफूहरूले उमेर समूहको आधारमा प्रयोगकर्तालाई सेवा दिने दाबी गरेको छ । गत महिनामात्र १६ वर्षमुनीका प्रयोगकर्ताको अकाउन्ट सुरुदेखि नै प्राइभेट हुने बताएको थियो ।

कम्पनीका अनुसार नयाँ इन्स्टाग्राम अकाउन्ट खोल्दा जन्म मिति अनिवार्य रुपमा राख्नुपर्नेछ । जन्म मिति नराखी सुरु गर्न खोजेको खण्डमा विभिन्न पप अप म्यासेजहरू मार्फत प्रयोगकर्तालाई जन्म मिति राख्न लगाइनेछ ।

त्यस्तै पहिलेदेखि नै अकाउन्ट भएका प्रयोगकर्ताले पनि अनिवार्य रुपमा आफ्नो जन्म मिति अपडेट गराउनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३