close

होहल्ला हुँदा अब अमेजनको स्मार्ट स्पिकरको भोल्युम स्वतः बढ्ने

टेकपाना टेकपाना

भदौ १७, २०७८ ९:१६

होहल्ला हुँदा अब अमेजनको स्मार्ट स्पिकरको भोल्युम स्वतः बढ्ने

काठमाण्डौं । अमेजनले आफ्ना स्मार्ट होम स्पिकरमा देखिएको असन्तुष्टिलाई कम गर्न अमेजन क्लाउडमा आधारित भ्वाइस असिस्टेन्ट ‘अलेक्सा’ मा नयाँ फिचर ल्याउने भएको छ ।

‘अडाप्टिभ भोल्युम’ फिचरले यदि तपाईं हाेहल्लामा हुनुहुन्छ भने सोही अनुसार अलेक्साको रेस्पोन्स भोल्युम बढाउँछ ।

होहल्लामा हुँदा पनि प्रयोगकर्ताले अलेक्साको प्रतिक्रिया (रेस्पोन्स) सजिलै सुन्न सकुन् भन्ने उद्देश्यले अडाप्टिभ भोल्युम फिचर ल्याइएको कम्पनीले जनाएको छ ।

तत्काल यो फिचर अमेरिकाका ग्राहकलाई मात्र उपलब्ध छ । ‘अलेक्सा, टर्न अन अडाप्टिभ भोल्युम’ भनेर यो फिचर एक्टिभ गर्न सकिन्छ ।

हल्ला नभएको अवस्थामा अडाप्टिभ भोल्युमले कस्तो र कसरी काम गर्छ भनेर भने कुनै खुलासा भएको छैन । यद्यपि भोल्युम कम गर्न अन्य उपायहरू पनि उपलब्ध छन् । जसमध्ये एउटा ‘विस्पर मोड’ हो । विस्तारै अलेक्सालाई ‘अलेक्सा, टर्न अन विस्पर मोड’ भनेर विस्पर मोड सक्रिय गर्न सक्नुहुन्छ ।

यदि तपाईंले समय अनुसारको भोल्युम सेट गर्न चाहनुहुन्छ भने अलेक्साले समयअनुसारको भोल्युम समायोजन गरिदिन्छ ।

अडाप्टिभ भोल्युमको परीक्षण ईको-डटमा कम्प्युटरबाट चलिरहेको फ्यानहरूको बीचमा गरिएको थियो । जसमा अलेक्साको केही प्रतिक्रियामा (रेस्पोन्स) भोल्युम सामान्यभन्दा बढेको थियो भने केही प्रतिक्रियामा सुरुको जस्तै भएको कम्पनीले जनाएको छ ।

अमेजनले ल्याएको अडाप्टिभ भोल्युम अन्य (स्पेरिकल ईको फोर्थ जेन्स) अडाप्टिभ भोल्युमभन्दा फरक छ, जसले डिभाइसको माइक्रोफोन प्रयोग गरी निश्चित कोठाको संगीतको आवाजलाई राम्रो बनाउने गर्दछन् ।

स्मार्ट असिस्टेन्टहरूले प्रयोगकर्ताको वातावरण अनुकूल भोल्युम ल्याएको पहिलो नौलो कुरा होइन । यसैगरी गुगल नेस्टले पनि शब्द उच्चारण (बोल्ने) र रेस्पोन्सका लागि यस्तै प्रकृतिको साउण्ड सिस्टम ल्याउने प्रतिबद्धता गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३