close

सानिमा बैंकको तीज अफर, नयाँ खाता खोल्दा डेबिट कार्डदेखि डिम्याट खातासम्म निःशुल्क

टेकपाना टेकपाना

भदौ १८, २०७८ १०:९

सानिमा बैंकको तीज अफर, नयाँ खाता खोल्दा डेबिट कार्डदेखि डिम्याट खातासम्म निःशुल्क

काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

त्यस्तै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपियाँसम्मको क्यास ब्याक प्रदान गर्नेछ । यसका अतिरिक्त ५ रुपियाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई-कार्ड निःशुल्क जारी गर्ने बैंकले जनाएको छ ।

यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकका लागि उपलब्ध हुनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खातावापत बैंकको तर्फबाट मासिक एक रुपियाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोषअन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३