close

१० वर्षको वारेन्टीसहित नेपाली बजारमा सामसङको फाइभ-ईन-वान इन्भर्टर एसी सार्वजनिक

टेकपाना टेकपाना

भदौ २२, २०७८ १५:३

१० वर्षको वारेन्टीसहित नेपाली बजारमा सामसङको फाइभ-ईन-वान इन्भर्टर एसी सार्वजनिक

काठमाडौं । सामसङले नेपाली बजारमा आफ्नो २०२१ रेन्ज अन्तर्गत ‘कन्भर्टिबल फाइन-इन-वान एयर कन्डिसनर’ सार्वजनिक गरेको छ ।

यो उत्पादनमा इन्भर्टर एसीको साथ एन्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरका साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ ।

नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवं कस्टमाइज कुलिङ्ग तथा हिटिङ्गजस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने कम्पनीको दाबी छ ।

यो एसीमा सामसङ्गले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवं पीसीबीमा एक वर्षको डुराबिलिटिको प्रतिबद्धता प्रदान गरेको छ । सबै मोडेलहरु आर ३२ (R32) ग्यास तथ एन्टी कोरोसन कपर कन्डेन्सर भएका छन् ।

एसी कुनै मौसममा आधारित उत्पादन रहेनन् । आजभोलि घरबाटै काम गर्ने र पढाइ गर्ने चलन रहँदा व्यक्तिहरुका लागि स्वच्छ र सफा हावा अपरिहार्य हो । साथै टिकाउ र कम विजुली खपत आजका ग्राहकका प्रमुख प्राथमिकतामा परिरहेकाे छ ।

कन्जुमर इलेक्ट्रोनिक्स बिजिनेस, सामसङ नेपालका डीजीएम आलोककुमार गुप्ताले भने, ‘ग्राहकलाई प्रमुख केन्द्रमा राख्दै उत्पादनहरु प्रस्तुत गर्दै आइरहेका छौंं र हाम्रो नयाँ एसीले स्वास्थ्य तथा स्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल ‘फाइन-इन वान’, इन्भर्टर एसीले ग्राहकको आवश्यकता अनुसार इनर्जी इफिसियन्सी प्रदान गर्दछ ।’

यसको डिजाइनले ग्राहकको लाइफस्टाइलसँग मेल खाने गरी सफा एवं प्रिमियम लुक्स प्रदान गर्ने छ । Airise series स्पोर्ट प्रिमियम ह्वाइट डिजाइनमा छ । यसमा अझै ठूलो फ्यान तथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाडै कुलिङ्ग हुन सक्छ । यसको स्लिम डिजाइन एवं ठूलो डिस्प्लेले आजको आधुनिक घरमा थप सौन्दर्यता प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

सामसङका एसीहरु १ टन तथा २ टन गरी दुई किसिमका रहेका छन् । यी नयाँ एसीहरुको सुरुवाती मूल्य रु. ८९९९० देखि रहेको छ । यी एसीहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक बितरक नेटवर्कमार्फत् सहजै खरिद गर्न सकिन्छ ।

सामसङले यी एसीहरुको खरिदमा विभिन्न आकर्षक योजनाहरु जस्तै सहज किस्ताबन्दीको विकल्पमा नेपालभर रहेका सामसङ स्मार्ट प्लाजाबाट यी एसी खरिद गर्न सकिने छ । साथै कम्पनीले निःशुल्क जडानको सेवा पनि उपलब्ध गराएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५