close

विश्वभरका १५ लाख होटेल र ४ सय एयरलाइन्सको भुक्तानी अब ई-सेवाबाटै

टेकपाना टेकपाना

पुस ४, २०७६ १३:३८

विश्वभरका १५ लाख होटेल र ४ सय एयरलाइन्सको भुक्तानी अब ई-सेवाबाटै

भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट ई-सेवाबाट विश्वका १५ लाखभन्दा बढी होटल र चार सय भन्दा बढी एयरलाइन्सको भुक्तानी गर्न सकिने भएको छ । ट्राभलको अन्तर्राष्ट्रिय अनलाइन माध्यम एक्सेलट्रिप मार्फत छनौट गर्न सकिने होटेल बुक गर्न तथा हवाईजहाजको टिकट काट्न सकिने गरी ई-सेवाले सहकार्य थालेको हो ।

एक्सेलट्रिपले भर्खरै आफ्नो शाखा नेपालमा समेत विस्तार गरेको छ । उसले आफ्नो भुक्तानी साझेदारको रुपमा ई-सेवासँग सहकार्य थालेको हो । एक्सेलट्रिपमा नेपाल सहित विश्वभरका प्रशिद्ध होटेल तथा एयरलाइन्स कम्पनी जोडिएका छन् । ती सबैको भुक्तानी ई-सेवाबाटै गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१