close

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनको नयाँ प्लेटफर्म सार्वजनिक

टेकपाना टेकपाना

भदौ २७, २०७८ ११:४६

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनको नयाँ प्लेटफर्म सार्वजनिक

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालि (एनपीएस) ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ ।

यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिका चिफ एक्सपेरियन्स अफिसर प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो प्लेटफर्मबाट सेवाग्राहीले रेमिट्यान्स क्षेत्रमा आफू अनुकूल जहाँसुकैबाट कुनै पनि समय वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्न सकिने जनाइएकाे छ ।

यो प्रणालीले सेवाग्राहीलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्सभन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने उल्लेख गरिएकाे छ ।

यो एक कस्टमाइज गरिएको वित्तीय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालीमा जोडिदिने गर्दछ ।

विद्युतीय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ ।

यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम भएकाे दाबी एनपीएसकाे छ ।

रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकलाई सशक्त बनाउन लागिपरेका छन् ।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रिगेटर हो, जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

यस कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवाप्रदायकको नेटवर्क तयार गरी भुक्तानी एवं ट्रान्स्फरको क्लियरिङ तथा सेटलमेन्टको कार्य गरी आफ्नो सेवा विस्तार गरिरहेको छ ।

कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पेजस्ता भुक्तानी सेवा प्रदायकलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारी गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५