close

आईफोनमा कहिले आउला ‘अण्डर डिस्प्ले फिंगरप्रिन्ट’ ?

टेकपाना टेकपाना

पुस ६, २०७६ १३:२०

आईफोनमा कहिले आउला ‘अण्डर डिस्प्ले फिंगरप्रिन्ट’ ?

एप्पलले अण्डर दि डिस्प्ले अप्टिकल इमेज सेन्सरको पेटेन्ट (डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर) राखिने प्रविधिमाथिको अधिकार पाएको छ । यो सँगै एप्पलको आगामी उत्पादनहरु बायोमेट्रीक हिसाबले थप सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ ।

अप्टिकल इमेज सेन्सरले प्रयोगकर्ताका बायोमेट्रिक डाटा पहिचान गर्नेछ । एप्पलले यस अघि नै आईफोन एक्स लन्च गरेसँगै टच आइडी फिंगरप्रिन्ट सेन्सर ल्याउने अनुमान गरिएको थियो । तर पेटेन्ट नहुँदा उक्त कार्यमा ढिलाई भएको थियो ।

अब भने कम्पनीले त्यसलाई प्रयोगमा ल्याउने उल्लेख गरिएको छ । अनुमान छ कि, एप्पलको आइफोन १२ सन् २०२० आउँदै छ । उक्त फोनमा डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर समावेश हुन सक्ने अनुमान गरिएको छ ।

योसँगै एप्पलले फेस अनलकलाई बन्द गरेर पूर्ण रुपमा अण्डर दि डिस्प्ल फिंगरप्रिन्ट ल्याउने छ वा दुबैलाई प्रयोग गर्नेछ भन्ने प्रश्न भने खडा भएको छ । अमेरिकाका पेटेन्ट तथा ट्रेडमार्क प्रदान गर्ने कार्यलयले एप्पललाई थ्रीडी बायोमेट्रिक फेस आईडीको सेमत ट्रेडमार्क प्रदान गरेको छ । यी पेटेन्टको लागि एप्पलले सन् २०१७ मा फाइल दर्ता गराएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१