close

आईएमएसको बिग डिस्काउन्ट, बिग स्माइल अफर

टेकपाना टेकपाना

असोज १०, २०७८ १८:३३

आईएमएसको बिग डिस्काउन्ट, बिग स्माइल अफर

काठमाडौं । आईएमएस लिटिल स्माइल्सले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टः बिग स्माइल्स’ अफर ल्याएको छ । यो दशैंमा आईएमएस लिटिल स्माइल्सले बेस्ड डिल र छुटको अफर ल्याएको छ । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ ।

आईएमएस लिटिल स्माइल्सले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । ग्राहकले पाँच हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दामा १० प्रतिशतसम्मको छुट पाउनेछन् । साथै २० जना भाग्यशाली ग्राहकले एक हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् ।

आईएमएस् लिटिल स्माइल्सले इनर्जाइजर पावरबैंक र लाइनरफ्लुक्स इयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आई ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन् । साथै फिमी ड्रोनको खरिदमा दुई हजार रुपैयाँ बराबरको पावरबैंक निःशुल्क पाउनेछन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आईएमएस लिटिल स्माइल्स दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ ।

मल्टिब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आई, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् ।

तपाईंहरुले आईएमएसको लिटिल स्माइल्सको शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१