close

नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असोज १२, २०७८ १६:२३

नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै

काठमाडौं । नोकियाले बजारमा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको छ । नोकिया मोबाइलले ट्वीटरमा ट्वीट गर्दै अक्टोबर ६ मा यो ट्याब्लेट सार्वजनिक हुने जानकारी दिएको छ ।

एचएमडी ग्लोबलले आफ्नो स्वामित्वमा लिएपछि पहिलोपटक नोकिया ब्राण्डमा ट्याब्लेट सार्वजनिक हुन लागेको हो । यसअघि २०१४ मा तत्कालीन स्वामित्वकर्ता माइक्रोसफ्टले नोकिया ब्राण्डमा ट्याब्लेट ल्याएको थियो ।

ट्वीटरमा सार्वजनिक भएको टिजरले ट्याब्लेटबारे धेरै कुरा खुलाएको छैन । यसअघिका रिपोर्टलाई आधार मान्दा यो ट्याब्लेटलाई ‘नोकिया टी२०’ नाम दिइने छ ।

टिजरमा नोकियाको २०१७ को ‘नोकिया ३३१०’ फिचर फोन पनि राखिएको छ । यसको अर्थ भने कम्पनीले खुलाएको छैन ।

तस्वीरअनुसार यो ट्याब्लेट फ्ल्याट फ्रेम डिजाइन, राउन्डेड कर्नर र डार्क कलरमा आउनेछ । यो लञ्च इभेन्ट भर्चुअल रूपमा हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१