close

सोमबारदेखि अनलाइनमा फोटोशपको ५ दिने निःशुल्क तालिम, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असोज १३, २०७८ १६:१४

सोमबारदेखि अनलाइनमा फोटोशपको ५ दिने निःशुल्क तालिम, यसरी हुनुहोस् सहभागी

काठमाडौं । आउँदो असोज १८ गते सोमबारदेखि पाँच दिनसम्म फोटोशपमा अन्तर्राष्ट्रियस्तरको तालिम हुँदै छ । फोटोशपका चर्चित प्रशिक्षक र विज्ञबाट हुने फोटोशप भर्चुअल समिट ३ मा नि:शुल्क सहभागी हुन सकिने छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि दुईवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।

तेस्रो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा कुल ३० घण्टाको प्रशिक्षण कक्षा हुनेछ ।

जसमा डेभ क्रसका अतिरिक्त बेन विलमोर, कोलिन स्मिथ, म्याट क्लोसकोस्की, लिसा क्यार्नी, ग्लिन डिविस, एन्या एन्टी, कोरे बारकर, ब्ल्याक रुडिज, क्रिस्टिना शेर्क, टिम ग्रे, निकाेल याेङ, सिबास्चियन माइकल्स लगायत २० जनाले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।

उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।

यो तालिममा सहभागी हुन र थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१