close

स्मार्टडोकोको ‘स्मार्ट दशैं अफर’, सामान खरिदमा ७० प्रतिशतसम्म क्यासब्याक

टेकपाना टेकपाना

असोज १४, २०७८ १२:४

स्मार्टडोकोको ‘स्मार्ट दशैं अफर’, सामान खरिदमा ७० प्रतिशतसम्म क्यासब्याक

काठमाडौं । ई–कमर्स प्ल्याटफर्म स्मार्टडोकोले दशैंलाई लक्षित गर्दै ‘स्मार्ट दशैं अफर’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकले स्मार्टडोको मार्फत अनलाइन सामान खरिद गर्दा क्यासब्याकका साथै विभिन्न उपहार प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५० रुपैयाँ सम्म), बैंक अफ काठमाण्डौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक(१५ सय रुपैयाँ सम्म) प्राप्त गर्नेछन् । त्यस्तै माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक(दुई सय १० रुपैयाँ सम्म) पाइने कम्पनीले जनाएको छ ।

यसका अलबा ग्राहकहरूले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहार समेत जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक रुपमा डाइमन्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी१० जुत्ता, वाइड म्यान जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच जित्न सक्नेछन् ।

साथै कम्पनीले इलेक्ट्रोनिक्स, हेल्थ एण्ड ब्युटी, अपिरियन्स, बेबी केयर र अन्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । जसमा दशैँको समयमा ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउने समेत जनाइएको छ । कम्पनीका अनुसार यो अफर बिहिबारबाट सुरु भएर असोज २१ गतेसम्म मान्य हुन जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१