close

थप चार स्थानमा विस्तार भयो डिशहोमको फाइबर इन्टरनेट

टेकपाना टेकपाना

असोज १७, २०७८ १६:३७

थप चार स्थानमा विस्तार भयो डिशहोमको फाइबर इन्टरनेट

काठमाडौं । डिशहोमले एकै पटक थप चार स्थानमा फाइबर इन्टरनेट विस्तार गरेको छ । देशभर इन्टरनेट विस्तार गर्ने योजनाका साथ कम्पनीले हालै कलैया, लाहान, भैरहवा र टौदहमा सेवा सुरु गरेको हो ।

यो सँगै डिसहोम फाइबर इन्टरनेट यी चार स्थानका साथै नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगन्ज ,धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगरलगाएत अन्य स्थानमा पुगेको कम्पनीका बिक्री प्रबन्धक मनोज शर्माले बताएका छन् ।

उनले अबको केही समय भित्रै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि सेवा विस्तार गर्ने योजना रहेको समेत बताए । सेवा विस्तार सँगै कम्पनीले दशैंलाई लक्षित गर्दै ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना असोज ११ गते देखि सुरु भएको हो । यस योजना अन्तर्गत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न पाउनेछन् ।

स्पेन जाने चार भाग्यशाली विजेताको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५