close

१२० हर्ज डिस्प्ले भएको रियलमीको पहिलो स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

असोज २२, २०७८ १२:३७

१२० हर्ज डिस्प्ले भएको रियलमीको पहिलो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । रियलमीले नेपाली बजारमा रियलमी ८ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ८आई सार्वजनिक गरेको छ । सस्तो मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले नेपाली प्रयोगकर्तामाझ १२० हर्जयुक्त कम्पनीको पहिलो स्मार्टफोन उपलब्ध गराएको हो ।

९०.८ प्रतिशत स्क्रिन–टु–बडी रेसियोयुक्त फोनमा ६.६ इन्चको फुल स्क्रिन छ ।

जी९६ प्रोसेसर रहेकाे फाेनमा ७ जीबीसम्म भर्चुअल र्‍याम बढाउन सकिने सुविधा दिइएकाे छ । त्यस्तै फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि १८ वाटकाे फास्ट चार्जर छ । 

कम्पनीका अनुसार यो फोन आजदेखि नेपाली बजारमा ४/१२८ जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ, जसको बजार मूल्य क्रमशः २३ हजार ७९९ र २७ हजार १९९ रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१