शुक्रबारदेखि वीरगञ्जमा पनि भोजमाण्डूको सेवा, २५ मिनेटमै खाना डेलिभरीको योजना
असोज २७, २०७८ १४:५१
काठमाडौं । डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रित गरी सञ्चालित अनलाइन फुड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार गर्ने भएको छ । कम्पनीले विजयादशमीको शुभ अवसर पारेर आउँदो शुक्रबारदेखि वीरगञ्जमा समेत सुरु गर्न लागेकाे हाे ।
‘वीरगञ्ज केन्द्रित रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौं,’ कम्पनीका कार्यकारी अध्यक्ष सुनिल यादवले भने, ‘वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी गर्ने मुख्य योजना रहेको छ र तातो र छिटो खाना, खाजा पुर्याउन हामी कटिबद्ध छौं ।’
भोजमाण्डूले पेमेन्टका लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । खल्तीबाट पेमेन्ट गर्नेले ५० रुपैयाँ क्यासब्याक र १० प्रतिशतसम्म छुटको अफर समेत भोजमाण्डूले सार्वजनिक गरेको छ ।
यस्तै, भोजमाण्डू एप डाउनलोन गर्दा समेत रु. ५० अतिरिक्त लाभ पाइन सकिनेछ ।
यस्तै, वीरगञ्जमा सेवा प्रारम्भ गरेको अवसरमा भोजमाण्डूले वीरगञ्ज क्षेत्रका होटल तथा रेष्टुराँहरुलाई समेत विशेष छुटको घोषणा गरेको छ । सेवा सुरु भएदेखि ३० दिनसम्म आफूहरुले कुनै कमिसन नलिने यादवले जानकारी दिए ।
भोजमाण्डू सन् २०१९ अप्रिलदेखि सञ्चालनमा आएको हो । छोटो समयमै खानाका पारखीहरुमाझ अनलाइन फूड डेलिभरि सेवा प्रदायक संस्था भोजमाण्डु लोकप्रिय बनेको छ ।
विदेशमा रहेका नेपालीहरुले समेत नेपालमा रहेका आफन्त वा आफ्नो घरमा कसैको जन्मदिन, विवाह उत्सव, बुबाको मुख हेर्ने दिन, रक्षाबन्धन जस्ता पर्व विशेषमा समेत भोजमाण्डूमार्फत खानेकुरा तथा उपहारहरु डेलिभरीको अर्डर दिने गरेका छन् ।
अध्यक्ष यादवले खाना र खाजाको गुणस्तरमा विशेष ध्यान दिएका कारण समेत छोटो समयमै भोजमाण्डू लोकप्रिय बनेको बताए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
