गुगलको बहुप्रतिक्षित ‘पिक्सेल सिक्स’ सिरिज सार्वजनिक, एप्पल र सामसङलाई चुनौती दिने दाबी
कात्तिक ३, २०७८ १२:५०
काठमाडौं । गुगलले पिक्सेल ब्राण्डमा नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ । मंगलबार एक भर्चुअल कार्यक्रम गरी कम्पनीले पिक्सेल सिक्स र पिक्सेल सिक्स प्रो गरी दुई मोडलमा स्मार्टफोन सार्वजनिक गरेको हो ।
यी दुवै फोनमा गुगलकै ‘टेन्सर’ चिपसेट प्रयोग गरिएको छ, जसले अघिल्ला जेनेरेशनका पिक्सेल फोनको तुलनामा आर्टिफिसियल इन्टेलिजेन्स र मशिन लर्निङ पर्फर्मेन्स राम्रो रहेको दाबी गरिएको छ ।
साथै यी फोनको पछाडि क्यामेरा बार देख्न सकिन्छ । पन्च होल डिस्प्ले डिजाइनसहित सार्वजनिक भएका यी फोन एन्ड्रोइड १२ मा चल्नेछन् । त्यस्तै यी दुवै फोन धुलो र पानी नपस्ने गरी आईपी६८ शर्टिफाइड छन् ।
एन्ड्रोइड १२ मा चल्ने पिक्सेल सिक्समा ६.४ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले रहेको छ, जसमा ९० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा कोर्निङ गोरिल्ला भिक्टस प्रोटेक्सन रहेको छ ।
८ जीबी र्याम भएको यो फोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।
त्यसैगरी ६.७ इन्चको डिस्प्ले भएको पिक्सेल सिक्स प्रोमा १० हर्जदेखि १२० हर्जसम्मको रिफ्रेस रेट उपलब्ध छ ।
१२ जीबी र्याम भएको यो फोनमा पनि ५० मेगापिक्सेलको मेन क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ४८ मेगापिक्सेलकाे टेलिफाेटाे शुटर छ । साथै ११.१ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
याे फाेनमा ३० वाट फास्ट चार्जिङसहित ५००३ एमएएचकाे ब्याट्री दिइएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा किन्डा कोरल, सोर्टा सिफोम र स्टोर्मी ब्ल्याक रङ्गमा उपलब्ध पिक्सेल सिक्सको मूल्य ५९९ अमेरिकी डलर रहेको छ भने क्लाउडी ह्वाइट, सोर्टा सन्नी र स्टोर्मी ब्ल्याक रङ्गमा उपलब्ध पिक्सेल सिक्स प्रोको मूल्य ८९९ अमेरिकी डलर रहेको छ ।
प्रिमियम फोनको रूपमा अघि सारिएको पिक्सेल सिक्स प्रोले एप्पल र सामसङका फ्ल्यागशिप फोनलाई चुनौती दिने अनुमान गरिएको छ ।
दुवै फोन अमेरिकामा भने अक्टोबर २८ देखि बजारमा उपलब्ध हुनेछन् । तर अन्य मुलुकमा यसको बिक्री कहिलेदेखि सुरु हुनेछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
| Google Pixel 6 Pro | Google Pixel 6 | |
|---|---|---|
| Display | 6.7-inch LTPO OLED; 3,120×1,440 pixels; 10-120Hz | 6.4-inch OLED; 2,400×1,080 pixels; 60 or 90Hz |
| Weight | 210g | 207g |
| software | Android 12 | Android 12 |
| Camera | 50-megapixel (wide), 12-megapixel ultrawide), 48-megapixel (telephoto) | 50-megapixel (wide), 12-megapixel ultrawide |
| Selfie camera | 11-megapixel | 8-megapixel |
| Video capture | 4K 30, 60fps (rear), 4K 30fps (front) | 4K 30, 60fps (rear), 1,080p 30fps (front) |
| Processor | Google Tensor | Google Tensor |
| Storage | 128GB, 256GB, 512GB | 128GB, 256GB |
| RAM | 12GB | 8GB |
| Battery | 5,003 mAh | 4,614 mAh |
| Fingerprint sensor | Under display | Under display |
| Connector | USB-C | USB-C |
| Special features | 5G sub 6 and mmWave support, Wi-Fi 6E, Ultra-wideband, 30W fast charging, Magic Eraser, Motion mode, Real Tone, Face Unblur, Cinematic Pan, 5 years OS and security updates, IP68 rating for dust- and water-resistance, Gorilla Glass Victus (front and back) | 5G sub 6 (some carrier models also have 5G mmWave) support, Wi-Fi 6E, 30W fast charging, Magic Eraser, Motion mode, Real Tone, Face Unblur, Cinematic Pan, 5 years OS and security updates, IP68 rating for dust- and water-resistance, Gorilla Glass Victus (front), Gorilla Glass 6 (back) |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
