गुगल मिटमा नयाँ फिचर, अब होस्टले सहभागीको माइक र क्यामेरा लक गर्न सक्ने
कात्तिक ८, २०७८ १५:१
काठमाडौं । गुगल मिटले मिटिङ होस्टका लागि सहज बनाउने गरी नयाँ फिचर सार्वजनिक गरेको छ । मिटिङमा सहभागीको माइक्रोफोन र क्यामेरा दुवैलाई होस्टले लक गर्न मिल्ने फिचर ल्याएको कम्पनीले जनाएको छ ।
यो फिचरले होस्टले माइक्रोफोन र क्यामेरा लक गरिदिएपछि सहभागीले खोल्न पाउने छैनन् । होस्टले चाहेमा मात्रै मिटिङको बेला सहभागीको माइक्रोफोन र क्यामेरा अन हुने कम्पनीले ब्लगपोष्टमार्फत जानकारी दिएको छ ।
धेरै सहभागी मिटिङमा कुनै सहभागीले माइक्रोफोन बन्द नगरी बसेमा वा मिटिङमा अनावश्यक होहल्ला भएमा यो फिचर उपयोगी हुने कम्पनीको विश्वास छ ।
गुगल मिटको नयाँ भर्सन सपोर्ट नगर्ने आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टमका प्रयोगकर्ताको लागि भने यो फिचर त्यति रुचिकर नहुन सक्छ ।
यदि मिटिङ होस्टले माइक्रोफोन र क्यामेरा लक गरिदिए उनीहरु मिटिङबाटै बाहिरिनुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
