close

जुमको निःशुल्क अकाउन्टमा पनि स्वचालित क्याप्सनको सुविधा

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ १४:४६

जुमको निःशुल्क अकाउन्टमा पनि स्वचालित क्याप्सनको सुविधा

काठमाडौं । जुमले निःशुल्क बनाइएको अकाउन्टमा पनि अब स्वचालित क्याप्सनको सुविधा हुने भएको छ । यसअघि यो सुविधा जुमको पैसा तिरिएको अकाउन्टमा मात्रै थियो ।

जुममा प्रयोगकर्ताले निःशुल्क अकाउन्ट बनाएर ४० मिनेटसम्म छलफल गर्नसक्ने सुविधा छ ।

निःशुल्क अकाउन्टमा उपलब्ध हुने स्वचालित क्याप्सनको सुविधा अहिले अंग्रेजी भाषामा मात्रै उपलब्ध हुने छ ।

तर, भविष्यमा विभिन्न भाषामा स्वचालित क्याप्सनको सुविधा ल्याउने जुमले जनाएको छ । जुम प्रयोग गरिरहँदा लाइभ ट्रान्स्क्रिप्ट अप्सनमा गएर प्रयोगकर्ताले स्वचालित क्याप्सनलाई इनेबल गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१