close

५ मोडेलका ईभीई ई-स्कुटर नेपालमा, ५ वर्षको सर्भिस निःशुल्क

टेकपाना टेकपाना

कात्तिक ११, २०७८ २०:९

५ मोडेलका ईभीई ई-स्कुटर नेपालमा, ५ वर्षको सर्भिस निःशुल्क

काठमाडौं । भारतीय कम्पनी ईभीईका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक भएका छन् । सुन्दर ट्रेडर्स प्रालिले बिहीबार एक कार्यक्रम गरी कम्पनीको पाँच मोडलको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ल्याएको हो ।

कम्पनीले जेनिया, जेनिया २, विन्ड, आभार एट्रो मोडल बजारमा सार्वजनिक गरेको छ । यी स्कुटरको मूल्य एक लाख १५ हजार रुपैयाँदेखि दुई लाख २५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

घर मै चार्ज गर्न सकिने ईभीईका स्कुटर चार्जिङ स्टेसनमा चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ सस्तो पर्ने कम्पनीले जनाएको छ । धुम्बाराही र थापाथलीमा कम्पनीले आफ्नै चर्जिङ स्टेसन समेत बनाएको छ ।

यी स्कुटरमा जीपीएस, मोबाइलबाट ब्याट्री हेर्न सकिने लगायतका फिचर रहेका छन् । पाँच वर्षको वारेन्टी भएका यी स्कुटरको सर्भिसिङ समेत पाँच वर्षसम्म निःशुल्क हुने बताइएको छ । एक पटक फुल चार्ज गर्दा १०० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक स्कुटरका लागि बुकिङ खुला भइसकेको उल्लेख गर्दै सुन्दर ट्रेडर्सले ८० प्रतिशत फाइनान्सको सुविधा समेत रहेको जनाएको छ । लिथियम ब्याट्री राखिएका यी स्कुटर साढे दुई घण्टामा फुल चार्ज हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१