close

बेलायती इन्टरनेट सेवाप्रदायकमाथि साइबर आक्रमण

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ २०:३८

बेलायती इन्टरनेट सेवाप्रदायकमाथि साइबर आक्रमण

काठमाडौं । पछिल्लो केही हप्ताबाट बेलायतका इन्टरनेट सेवा प्रदायकहरूले साइबर हमलाको सामना गरिरहेका छन् । बेलायतमा भएका अज्ञात साइबर हमलाका कारण इन्टरनेट प्रोटोकल (भीओआईपी) सेवाहरू प्रभावित भएका छन् ।

कम्स काउन्सिल युकेले हालैका हप्ताहरूमा आफ्ना कयौँ सदस्यमाथि डिस्ट्रिब्युट अफ सर्भिस (डीडीओएस) आक्रमण लक्षित भएको बताएको छ । यस्ता आक्रमणहरूले वेबसाइट वा अनलाइन सेवामा इन्टरनेट ट्राफिकको बाढी ल्याउने अथवा वेबसाइटलाई अफलाइन बनाउने वा पहुँचभन्दा बाहिर धकेल्ने प्रयास गर्ने गर्दछन् । 

यसअघि उनीहरूले प्रायः वेबसाइटहरूलाई अफलाइन धकेल्ने र कहिलेकाहिँ राजनीतिक बयानबाजीका लागि प्रयोग गर्ने गरेका थिए । तर पछिल्लो समय कम्पनीहरूलाई क्षति पुर्‍याउने प्रयासका साथ इन्टरनेट प्रोटोकलमाथि लक्षित गरिएको छ ।  

इन्टरनेट प्रोटोकल सेवा प्रदायकहरूले व्यवसायिक, सार्वजनिक सेवा सहित ग्राहकहरू र एनएचएस (नेशनल हेल्थ सर्भिस)का साथै प्रहरीलाई इन्टरनेटमा आधारित कल सेवा दिँदै आएका छन् । बेलायती भीओआईपी फर्महरूमा विगत चार हप्तामा आक्रमण भएको कम्स काउन्सिल यूकेले जनाएको छ ।

प्रोफेसनल साइबर अपराधीहरूबाट सुरु भएको यो आक्रमण अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन भएको देखिन्छ । उक्त निकायले यस विषयमा बेलायत सरकार, नेसनल साइबर सेक्युरिटी सेन्टरसँग सम्पर्क राखेको बताएको छ ।

यस आक्रमणबाट कति फर्महरू प्रभावित भए भन्ने निश्चित गर्न असमर्थ भएको कम्स काउन्सिल युकेका प्रवक्ताले बताएका छन् । तसर्थ यस आक्रमणलाई अज्ञात आक्रमणको नाम दिइएको छ । 

सन् २००४ मा स्थापित कम्सले पहिलोपटक यस्तो आक्रमणको सामना गर्नुपरेको कम्पनीका प्रवक्ताले बताएका छन् ।  यो समस्याको कारण र परिणाम पत्ता लगाउन बेलायत सरकार, राष्ट्रिय साइबर सुरक्षा केन्द्रका साथै आक्रमणकारीसँग नजिकबाट सम्पर्क राख्ने कम्पनीले जनाएको छ ।

हालसम्म आक्रमण व्यापक रुपमा फैलिइसकेको नभएपनि यसले आगामी दिनमा नराम्रो रुप लिनसक्ने जनाइएको छ । एनसीएससी ले डीडीओएस आक्रमणबारे आफूहरू पहिल्यैबाट सचेत रहेको र प्रभावित कम्पनीहरूलाई सहयोग गर्न आफ्ना साझेदारसँग काम गरीरहेको बताएको छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१