काठमाडौं । टेस्लाले घरमै राख्न मिल्ने सानो खालको वाल चार्जर ल्याएको छ । यो चार्जरले टेस्लाका सवारी बाहेक अन्य विद्युतीय कार पनि चार्ज गर्न मिल्छ । कम्पनीले आफ्नो अनलाइन स्टोरमा यो चार्जरलाई राखिसकेको छ ।
टेस्लाले यही नेदरल्याण्डमा यही चार्जर राखेर अन्य विद्युतीय सवारीलाई पनि चार्ज गर्ने सुविधा दिइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टेस्लाले आफूले विश्वभर बनाउने सवारी चार्जिङ स्टेसनमा अन्य सवारीलाई पनि चार्ज गर्न दिने सुविधा दिने प्रतिबद्धता जनाइसकेको छ ।
टेस्लाको नयाँ चार्जर घरभित्र र बाहिर पनि राख्न सकिने खालको भएको कम्पनीले जनाएको छ । यसको मूल्य अहिले चार सय १५ अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ ।