close

नेपाली बजारमा आउँदो साता सार्वजनिक हुँदै ‘रियलमी जीटी नियो २’

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १३:५७

नेपाली बजारमा आउँदो साता सार्वजनिक हुँदै ‘रियलमी जीटी नियो २’


काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा जीटी सिरीज अन्तर्गत ‘रियलमी जीटी नियो २’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

आउँदो कात्तिक २४ गतेदेखि उपलब्ध हुने यो फ्लागशिप फोनमा प्रविधिप्रेमीका लागि नवीन प्रविधि र आकर्षक डिजाइनसहितका विशेषता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो फोन चिनियाँ बजारमा १० लाखभन्दा धेरै बिक्री भइसकेको छ ।

‘रियलमी जीटी नियो २’ मा क्वालकम स्नापड्रागन ८७० मोबाइल प्लेटफर्म र परिष्कृत कुलिङ्ग सिस्टम दिइएकाे छ ।

फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.६२ इन्चको फुल एचडी प्लस सामसङ ई४ एमोलेड डिस्प्ले छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजका साथ उपलब्ध हुने फोनमा ७ जीबीसम्म भर्चुअल र्‍याम थप्न सकिनेछ ।

कम्पनीले फोनमा ६५ वाट फास्ट चार्जिङसहित ५ हजार एमएएचको ब्याट्री दिएको छ ।

साथै फोनमा ६४ मेगापिक्सेलको मुख्य लेन्स छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र २ मेगापिक्सेलको म्याक्रो सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको लेन्स दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१