close

शिक्षा सम्बन्धी नयाँ प्रविधि घोषणा गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

कात्तिक २१, २०७८ ८:५४

शिक्षा सम्बन्धी नयाँ प्रविधि घोषणा गर्दै माइक्रोसफ्ट

काठमाडौं । एक महिनाअघि मात्रै विण्डोज ११ अपरेटिङ सिस्टम सार्वजनिक गरेको माइक्रोसफ्टले यसैमा शिक्षा सम्बन्धी नयाँ फिचरहरु थप्ने तयारी गरेको छ ।

यसका लागि माइक्रोसफ्टले आगामी साता शिक्षामा केन्द्रित भएर इभेन्ट आयोजना गर्न लागेको छ । माइक्रोसफ्टले उक्त इभेन्टबारे विस्तृत जानकारी सार्वजनिक नगरे पनि शिक्षा सम्बन्धी केही नयाँ प्रविधि घोषणा हुने संकेत गरेको छ ।

मंगलबार हुने इभेन्टमा नयाँ र उत्साहजनक प्रविधि घोषणा गर्ने माइक्रोसफ्टले जनाएको छ ।

उक्त इभेन्टमा माइक्रोसफ्टले आफ्ना केही नयाँ हार्डवेयर पनि सार्वजनिक गर्ने अनुमान छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५