close

आईफोनका लागि उत्कृष्ट ४ एप

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ १७:३५

आईफोनका लागि उत्कृष्ट ४ एप

काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनीहरूले प्रयोगकर्ताको सुविधाका लागि फोनमा पहिले नै विभिन्न फिचर र एप उपलब्ध गराएका हुन्छन् । यद्यपि सबै एपले प्रयोगकर्ताको आवश्यकता पुरा गर्न सक्दैनन् ।

आईफोनका लागि एप्पलले थुप्रै फिचर उपलब्ध गराइरहेको छ । तर यसका डिफल्ट एपले सबै फिचर र सुविधा दिन सक्दैनन् । आज हामी आईफोन प्रयोगलाई थप आकर्षक र सहज बनाउन उपयोगी केही एपहरूको चर्चा गर्दैछौं ।

१. स्पेक्ट्र क्यामेरा (Spectre Camera)

स्पेक्ट्र क्यामेरा आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा आधारित एप हो, जसले लङ एक्स्पोजर शट लिन सहयोग गर्छ । यो एपले क्यामेराको शटर स्पिडलाई स्लो बनाएर तीनदेखि नौ सेकेन्डकाे बीचमा धेरै शट खिचेर त्यसलाई कम्बाइन गर्छ ।

यसले गर्दा तपाईंले बगिरहेको पानीको फोटो खिच्दा त्यो ‘सिल्क’ जस्तै देखिन्छ । यो फिचर विशेषगरी डीएसएलआर क्यामेरामा हुने गर्छ ।

स्पेक्ट्र क्यामेरा एपले अल्ट्रा वाइड क्यामेरालाई सपोर्ट गर्छ । एप स्टोरमा यो एप ४ डलरमा खरिद गर्न सकिन्छ । एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Spectre.cam

२. एप्पल आर्केड गेम्स (Apple Arcade Games)

एप्पलको गेमिङ सर्भिसमा दुई सयभन्दा बढी गेम छन् । प्राय: सबै आईओएस डिभाइसमा यी गेम एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । एप्पलका विभिन्न गेमहरू विभिन्न क्याटेगाेरी जस्तै ओरिजिनल, एक्सक्लुसिभ गेम्स, रिमास्टर्ड, क्लासिक लगायत शीर्षक अन्तर्गत समेटिएको छ ।

सबै उमेर समूहका प्रयोगकर्ताको लागि उपयुक्त हुने गरी सबै प्रकारका गेम एप्पल आर्केडमा समेटिएको छ । एप स्टोरमा एप्पल आर्केड पाँच डलर देखि ५० डलर प्रतिमहिनाको दरले खरिद गर्न सकिन्छ । 

यहाँ क्लिक गरेर तपाईंले आर्केड गेम्सअन्तर्गत रहेका विभिन्न गेम डाउनलोड गर्न एवं खेल्न सक्नुहुन्छ ।

Apple Arcade games list: every game you can play right now | TechRadar

३. डिस्नी प्लस (Disney plus)

भिडिओ स्ट्रिमिङको क्षेत्रमा व्यापक चर्चा कमाएको एप हो, डिस्नी प्लस । एप स्टोरमा यो एपले इडिटर्स चोइस अवार्ड पनि पाएको छ । यो एपमा मुभी, टिभी शाे लगायत डिस्नी क्लासिक शाे, स्टार वार, मार्भल, पिक्सार लगायत हेर्न सकिन्छ ।

पछिल्लो समयमा प्रयोगकर्ताहरूको राम्रो अनुभवका लागि डिस्नीले यस एपमा धेरै अपडेट ल्याएको छ । एप स्टोरमा प्रतिमहिना ८ डलर अथवा वार्षिक ८० डलर तिरेर यो एप खरिद गर्न सकिन्छ ।

त्यस्तै प्रतिमहिना १४ डलरमा डिस्नी प्लससँगै हुलु र ईएसपीएन प्लस पनि एउटै प्याकेजमा खरिद गर्न सकिन्छ ।

Disney+ on the App Store

 

४. एप्पल टिभी प्लस (Apple TV Plus)

एप्पल टिभी प्लस एप्पलले प्रतिमहिना ५ डलरमा उपलब्ध गराएको टिभी स्ट्रिमिङ सर्भिस हो । यस टिभी थुप्रै ओरिजिनल शाे उपलब्ध छन् ।

एप्पल टिभीको एपको माध्यमबाट पनि यी सबै शाे हेर्न सकिन्छ । एप्पल टिभी प्लस एप स्टोर अथवा एप्पल टिभी एपबाट प्रतिमहिना पाँच डलर तिरेर डाउनलोड गर्न सकिन्छ ।

Apple TV app for Sony Android TVs arrives in the Play Store

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५