close

कियाको नयाँ विद्युतीय कार बिहीवार सार्वजनिक हुँदै

टेकपाना टेकपाना

कात्तिक २३, २०७८ १४:१३

कियाको नयाँ विद्युतीय कार बिहीवार सार्वजनिक हुँदै

काठमाडौं । लोकप्रिय कोरियन कार निर्माता कियाले बिहीवार नयाँ विद्युतीय सवारी सार्वजनिक गर्ने भएको छ ।

हालै कम्पनीले एक ट्वीट गर्दै ईभी ९ (Kia EV9) मोडलको टिजर सार्वजनिक गरेको छ । जबकि कम्पनीले उपभोक्तालाई ईभी ६ उपलब्ध गराएकै छैन ।

कम्पनीको उक्त एसयूभी अघिल्लो ईभी ६ को तुलनामा केही ठूलो साइजको हुने बताइएको छ ।

प्राप्त जानकारीअनुसार यसको लम्बाई सरदर १८२ ईन्च रहेको छ । कम्पनीले टिजरमा विस्तृत विवरण नखुलाएकाले आधिकारिक फिचरका लागि बिहीवारसम्मै कुनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५