close

राउटर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ८ कुरा

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १०:१७

राउटर किन्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी ८ कुरा

काठमाडौं । आजको दिनमा घर, अफिस लगायत अन्य क्षेत्रमा वाई-फाई अनिवार्य नै भइसकेको छ । सहज इन्टरनेटको उपलब्धताको लागि पनि वाई-फाईको प्रयोग अहिले सामान्य जस्तै भइसकेको छ ।

वाई-फाई राम्रोसँग चल्न तपाईंले प्रयोग गर्ने राउटरको ठूलो भूमिका रहन्छ । यसर्थ राउटर किन्ने बेलामा धेरै कुराहरू ध्यान दिन आवश्यक छ । 

१. वाई-फाई स्ट्यान्डर्ड

वाई-फाई राउटर खरिद गर्ने बेलामा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको राउटरले सपोर्ट गर्ने स्ट्यान्डर्ड हो । अर्थात तपाईंले राउटर किन्दा यसले वायरलेस सेवाको नयाँ भर्जनहरूलाई पनि सपोर्ट गर्न सक्छ कि सक्दैन भनेर थाहा पाउनु आवश्यक छ ।

पहिले पहिले IEEE802.11a अथवा 802.11b वायरलेस स्ट्यान्डर्डका राउटरहरू प्रयोगमा थिए र अहिले पनि छन् । यी स्ट्यान्डर्डका राउटरहरूले अहिलेको नयाँ भर्जनको राउटर पनि सपोर्ट त गर्छ, तर हामीले लामो समयसम्म प्रयोग गर्नको लागि भने राउटरको स्ट्यान्डर्डमा ध्यान दिन जरूरी छ ।

अहिलेको पछिल्लो नयाँ स्ट्यान्डर्ड 802.11ac रहेको छ, जुन अहिलेका प्राय सबै नयाँ राउटरका स्ट्यान्डर्ड हुन् ।

यो नयाँ स्ट्यान्डर्ड भएको राउटरले गिगाबाइटसम्मको इन्टरनेट स्पिडलाई सपोर्ट गर्छ, जबकि पहिलेको स्ट्यान्डर्डमा ६०० एमबीपीएस सम्मको इन्टरनेटलाई मात्र सपोर्ट गर्छ ।

यद्यपि राउटर मात्र राम्रो भएर भने पुग्दैन तपाईंको डिभाइसले पनि हाई-स्ट्यान्डरलाई सपोर्ट गर्नसक्ने हुनुपर्छ । 

२. वाई-फाई स्पिड स्पेसिफिकेशन 

बजारमा आफ्नो उत्पादन बिक्री गर्नको लागि सम्पूर्ण निर्माण कम्पनीहरूले आफ्नो राउटरले उत्कृष्ट स्पिड उपलब्ध गराउने 802.11 स्ट्यान्डर्डमा आधारित राउटर हो भनेर दाबी गर्ने गर्छन् ।

यद्यपि यो सम्भव भने छैन । धेरै प्रयोगकर्ता हुँदा वा भित्ताहरूले वाईफाईको सिग्नल ब्लक गर्दा वा अन्य केही बाधाहरूका कारण पनि इन्टरनेटको स्पिड कम भइरहेको हुन्छ । यसो भन्दैमा आत्तिहाल्नुपर्ने स्थिति भने छैन । किनभने आजभोलिको प्राय राउटरमा हाई इन्टरनेट स्पिड सपोर्ट हुने गर्छ । 

३. राउटरको वायर इन्टरफेस 

वाई-फाई राउटर विभिन्न प्रकारका हुन्छन् । केही ब्रोडब्यान्ड मात्र सपोर्ट गर्ने खालका हुन्छन् भने केहीले इथरनेट र अन्य कनेक्सन पनि सपोर्ट गर्ने प्रकारका हुन्छन् ।

प्रायजसाे राउटरहरूले ब्रोन्डब्याण्ड र इथरनेट दुवै सपोर्ट गर्छ । तर राउटर खरिद गर्ने बेलामा यस विषयमा ढुक्क हुनु आवश्यक छ ।

त्यसैले राउटर खरिद गर्दा ब्रोडब्यान्ड, इथरनेट अथवा यूएसबीलाई सपोर्ट गर्ने राउटर खरिद गर्नु उपयुक्त हुन्छ ।  

यूएसबी पोर्ट सहितको राउटरले लोकल स्ट्रिमिङहरूका लागि सहयोग पुर्‍याउँछ । यसमा यूएसबी २ भन्दा यूएसबी ३ अथवा यूएसबी ३.१ को कनेक्सन भएको राउटर किन्दा राम्रो हुन्छ । 

४. सुरक्षा 

ह्याकिङ सम्बन्धी विभिन्न घटनाहरूको विषयमा समाचारहरू सुनिरहेका हुन्छौं । त्यसैले राउटर खरिद गर्दा सुरक्षाको दृष्टिकोणले अनुकूल हुने राउटर खरिद गर्नुपर्छ ।

वायरलेस नेटवर्क जति नै सहज हुन्छ त्यति नै असुरक्षित पनि हुन्छ । नेटवर्क राम्रोसँग सुरक्षा गर्न सकिएन भने राउटरको पहुँचमा हुने जोकोहीले पनि तपाईंको सूचना चोरी गर्न सक्छ ।

त्यसैले राउटर खरिद गर्दा कम्तीमा पनि डब्लुपीए ई भर्सनको राउटर लिनु उपयुक्त हुन्छ । राउटरले राम्रोसँग काम गर्न भने डब्लुपीए २ सपोर्ट गर्ने डिभाइस भए पनि हुन जरुरी छ । 

५. वाईफाई ब्याण्ड 

सामान्यतया वाई-फाई ब्यान्ड २.४ गिगाहर्ज र ५ गिगाहर्जको हुने गर्छ । केही राउटरमा यी दुवै अप्सन हुन्छन्, जसलाई डुअल ब्याण्ड वाई-फाई राउटर भनिन्छ भने केही राउटरमा यीदुई मध्ये एउटा ब्याण्ड मात्र हुन्छ ।

कहिले काहिँ केही वाई-फाई राउटरमा दुईवटा फरक रेडियोहरू प्रयोग भएको हुन्छ, अर्थात ती दुई रेडियोले दुई फरक वायरलेस नेटवर्क सेटअप गर्न सघाउँछ ।

प्रत्येक रेडियोमा दुई फरक ब्याण्ड हुन्छन्, जसले इन्टरनेटको स्पिड बढाउन मद्दत गर्छ । त्यसैले डुअल ब्याण्ड राउटर प्रयोग गरेको खण्डमा यसले तपाईंको आवश्यकता अनुसारको पर्फर्मेन्स दिन्छ ।

६. एमयू-एमआईएमओ (MU-MIMO) सहितको राउटर 

अहिलेका धेरैजसो राउटरमा एमयु-एमआईएमओको सुविधा हुन्छ, जसले हाई स्पिड डेटा डेलिभर गर्न मद्दत गर्छ ।

एमयू-एमआईएमओ अर्थात मल्टी युजर, मल्टिपल इनपुट र मल्टिपल आउटपुट सुविधा भएको राउटरले एकभन्दा बढी डिभाइस  प्रयोग गर्दा सबै डिभाइसमा बराबर इन्टरनेट उपलब्ध गराउँछ । धेरै जनाले इन्टरनेट प्रयोग गर्दा पनि स्पिडमा खासै प्रभाव गर्दैन । 

७. राउटर एन्टेना 

वायरलेस डिभाइसहरूका लागि एन्टेना एकदमै महत्त्वपुर्ण हुन्छ, विशेषगरी वाईफाई राउटरमा । त्यसैले राउटर खरिद गर्दा यसको एन्टेनाको विषयमा बुझेर खरिद गर्नु उपयुक्त हुन्छ ।

कस्तो कनेक्सन पाउने भनेर राउटरको एन्टेनामा भर पर्छ । त्यसैले राउटर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको एन्टेना भएको राउटर किन्नु ठीक हुन्छ ।

सामन्यतया राउटरको एन्टेना राउटरको टपमा हुन्छ भने केहीमा इन्टर्नल एन्टेना हुन्छ । यद्यपि इन्टरनेटको सिग्नल इन्टर्नलभन्दा राउटरको टपमा भएको एन्टेनाले राम्रो सिग्नल दिन्छ ।

त्यस्तै इन्टरनेटको राम्रो कभरेजको लागि एन्टेना एडजस्ट गर्न मिल्ने राउटर पनि प्रयोग गर्न सकिन्छ । 

८. राउटर विम फोर्मिङ 

केही राउटरहरूमा विम फोर्मिङ भन्ने क्षमता हुन्छ, जसले वाईफाई सिग्नल बलियो र स्पिड बढाउन मद्दत गर्छ ।

विम फोर्मिङ भनेको स्पासियल फिल्टरिङ हो, जसले सबै डिभाइसलाई एकमुष्टभन्दा पनि बराबर स्पिड सहित प्रति डिभाइस सिग्नल उपलब्ध गराउँछ ।

राम्रो इन्टनेट अनुभवको लागि विम फोर्मिङ सुविधा भएको राउटर खरिद गर्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१