close

पोकोको बहुप्रतिक्षित स्मार्टफोन ‘पोको एम फोर प्रो फाइभजी’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १३:२

पोकोको बहुप्रतिक्षित स्मार्टफोन ‘पोको एम फोर प्रो फाइभजी’ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । पोकोले आफ्नो नयाँ स्मार्टफोन ‘पोको एम फोर प्रो फाइभजी’ (Poco M4 Pro 5G) सार्वजनिक गरेको छ । मंगलबार आयोजत एक भर्चुअल कार्यक्रममार्फत् कम्पनीले यो फोन सार्वजनक गरेको हो ।

खबरअनुसार यो फोन रेड्मी नोट ११ फाइभजीको रिब्राण्डेन्ड भर्सन हो, जुन अघिल्लो महिना चीनमा सार्वजनिक भएको थियो । पोको एम फोर प्रो फाइभजी ९० हर्ज डिस्प्लेसहित उपलब्ध छ ।

यसमा अक्टाकोर मिडयाटेक डाइमेन्सिटी ८१० चिपसेट छ । साथै यो स्मार्टफोनमा डुअल स्टेरियो स्पिकर छ । प्रयोगकर्ताले फोनको स्टोरेजको १ टीबी क्षमतासम्म बढाउन सक्नेछन् ।

पोकोले यो फोनको ४ जीबी प्लस ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २२९ यूरो (करिब ३१ हजार चार सय रुपैयाँ) र ६ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य २४९ यूरो (३४ हजार रुपैयाँको हारहारी) निर्धारण गरेको छ ।

यो फोन कुल ब्ल्यु, पोको एल्लो, पावर ब्ल्याक कलरमा उपलब्ध छ । दुईवटा सिम लाग्ने फोन मियूआई १२.५ मा आधारित एन्ड्रोइड ११ चल्दछ । यसमा ६.६ इन्च फुल एचडी प्लस डट डिस्प्ले छ, जसमा २४० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ ।

साथै फोनमा डाइनामिक र्‍याम एस्पान्सन टेनोलोज पनि छ, जसबाट ८ जीबीसम्म र्‍याम थप्न मिल्छ । फोटो र भिडिओका लाग पोको एम ४ प्रो फाइभजमा ५० मेगापिक्सेलको मुख्य सेन्सर छ ।

त्यस्तै ११९ डिग्री लेन्ससहितको ८ मेगापक्सेल अल्ट्रा वाइड शुटर रहेको छ । साथै नाइट मोड लगायतका एआई फिचरहरू रहेका छन् । त्यस्तै फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा सेन्सर रहेको छ ।

१९५ ग्राम तौल रहेको फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ, जसले ३३ वाट फास्ट चार्जङ सपोर्ट गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१