close

थप सेवाका साथ ‘नमस्ते पे’ को परिष्कृत भर्सन आउँदै

टेकपाना टेकपाना

कात्तिक २४, २०७८ १४:४३

थप सेवाका साथ ‘नमस्ते पे’ को परिष्कृत भर्सन आउँदै

काठमाडौं । गत भदौ २९ मा सार्वजनिक भएको ‘नमस्ते पे’ मोबाइल वालेटको ‘स्टेबल भर्सन’ (स्थिर संस्करण) आउँदो मंसिरमा सार्वजनिक हुने भएको छ । कम्पनीले हाल वालेटमा उपलब्ध सेवा थप गर्दै नयाँ भर्सन सार्वजनिक गर्न लागेकाे हाे ।

यूएसएसडी कोड र इन्टरनेटमा आधारित भएर दुई महिनाअघि कम्पनीले बेटा भर्सनमा आफ्नो सेवा सुरु गरेको थियो ।

त्यसमा एप डाउनलोडमा समस्या, डाउनलोड भएतापनि खोल्ने बित्तिकै एप क्र्यास हुने समस्या, रजिस्ट्रेसन प्रक्रियाको अन्त्यमा पुगेपछि एप क्र्यास हुने लगायतका समस्या देखापरेका थिए ।

ती समस्याको समधान र थप फिचरसहित कम्पनीले अब भने स्टेबल भर्सन नै प्रयोगकर्तालाई उपलब्ध गराउने भएको हाे ।

नेपाल डिजिटल पेमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीका अनुसार मंसिरदेखि बजारमा एपको स्टेबल भर्सन सार्वजनिक हुनेछ ।

‘हाल देखिएका सम्पूर्ण समस्या समाधान हुनेछन् । भने, हाल एपमा उपलब्ध सेवामा उल्लेख्य वृद्धि गर्दै थप सेवा समेत प्रयोगकर्ताले पाउनेछन्,’ उनले भने ।

यो बीचमा विभिन्न बैंकसँग सहकार्य भइरहेकाे जानकारीसमेत उनले दिए ।

‘एजेन्ट नेटवर्क सञ्चालनमा ल्याउने तयारी भएको छ । रिटेलबाट पनि क्यास-ईन गर्न सकिने सुविधा उपलब्ध हुनेछ । साथै यसमा विभिन्न इन्टरनेट, टेलिभिजन, टिकेटिङलगायतका भुक्तानी सेवा थप हुँदै जानेछ,’ उनले थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१