काठमाडौं । अमेरिकी अनुसन्धान निकाय फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) को ईमेल सिस्टममा ह्याकरले पहुँच बनाएका छन् । ह्याकरले एफबीआईको ईमेलबाट शनिबार हजारौं ईमेलसमेत पठाएका छन् ।
एफबीआईको आधिकारिक ईमेल ठेगानाबाट ह्याकरले विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्भावित साइबर आक्रमणको चेतावनी दिँदै ईमेल पठाएका थिए । एफबीआईले विज्ञप्ति जारी गरी यसको पुष्टि गरेको छ ।
आफ्नो ईमेल सिस्टममा ह्याकरले पहुँच पाएको जानकारी हुने वित्तिकै सिस्टमलाई अफलाइन बनाइएको एफबीआईले जनाएको छ । समस्या समाधानका लागि काम भइरहेको पनि एफबीआईले उल्लेख गरेको छ ।
एफबीआईको ईमेल सिस्टममा पहुँच बनाएर ह्याकरले पठाएको ईमेलको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक भइरहेका छन् ।