close

एनएमबी बैंकले सुरु गर्‍यो भिडियो केवाईसी, विदेशबाट समेत खाता खोल्न सकिने

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १९:६

एनएमबी बैंकले सुरु गर्‍यो भिडियो केवाईसी, विदेशबाट समेत खाता खोल्न सकिने

काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी सेवाको सुरु गरेको छ । यो सेवा अन्तर्गत बै‌ङ्कका ग्राहकले पाँच मिनेटमै खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले नयाँ खाता खोल्नको लागि भर्नुपर्ने केवाईसी बैंकबाट भिडिओ कल मार्फत भर्न सक्नेछन् । विदेशमा रहेका ग्राहकले समेत यो सेवा लिन सक्ने बैंकले जनाएको छ ।  

यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले अन्य विधिबाट फर्म भरेपछि भेरिफिकेसनको लागि भने बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । 

यसको लागि ग्राहकले यहाँ क्लिक गर्नुहोस् । नेपालमा ग्राहकलाई डिजिटल बैङ्किङ अभ्यासमा नयाँ अनुभव दिन उद्देश्य सहित यो सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । 

‘ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैङ्किङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइकन मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्नेछन्,’ बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो सेवाले ग्राहकको लागि बैंकिङ कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई हटाउँदै पारदर्शिता, त्रुटिरहित र कागज बिहीन बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ ।  

यसैबीच बैंकले आफ्नो ब्राण्ड एम्बस्डरको रुपमा कलाकार पल शाहलाई नियुक्त गरेको छ । कलाकार शाहले अभिनय बाहेक समाज सेवालाई पनि प्राथमिकता दिएर अघि बढिरहेको र बैंकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी काम गर्दै आएकोले यो सहकार्य फलदायी रहने विश्वास बैंकले व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२