close

ट्वीटरको सीईओमा अग्रवाल नियुक्त भएसँगै भारतीय प्रतिभाको प्रशंसा गर्दै एलन मस्कको ट्वीट

टेकपाना टेकपाना

मंसिर १५, २०७८ ११:५२

ट्वीटरको सीईओमा अग्रवाल नियुक्त भएसँगै भारतीय प्रतिभाको प्रशंसा गर्दै एलन मस्कको ट्वीट

काठमाडौं । छिमेकी राष्ट्र भारतमा जन्मिएका पराग अग्रवाल सोमबारबाट ट्वीटरको सीईओ नियुक्त भएका छन् । कम्पनीका सहसंस्थापक तथा सीईओ ज्याक डोर्सीले आफू कम्पनीबाट बाहिरिने निर्णय गरेसँगै अग्रवाललाई ट्वीटरको प्रमुखमा नियुक्त गरिएको हो ।

गुगल, माइक्रोसफ्ट, एडोब, पालो अल्टो पछि ट्वीटरमा भारतीय नागरिक सीईओको रुपमा नियुक्त भएसँगै टेस्लाका मालिक एलन मस्कले भारतीय प्रतिभाको प्रशंसा गर्दै ट्वीट गरेका छन् ।

हाल गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट सीईओ भारतमा जन्मिएका सुन्दर पिचाइ रहेका छन् । भने, माइक्रोसफ्टको सिइओमा समेत भारतीय नागरिक सत्य नाडेला रहेका छन् ।

यसरी एक पछि अर्को गर्दै ठूला प्रविधि कम्पनीको नेतृत्वमा भारतीय नागरिक पुगेसँगै मस्कले ट्वीटरमा ‘भारती प्रतिभाबाट अमेरिकालाई निकै फाइदा पुगेको छ’ भन्दै ट्वीट गरेका छन् । तर, यो ट्वीट पर्सनल वालमा भने गरिएको छैन् ।

उनले प्याट्रिक कोलिसनले गरेको ट्वीटमा रिप्लाई दिएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२