काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले ग्राहकका लागि ‘डाइनामिक प्याक’ सार्वजनिक गरेको छ ।
यसअन्तर्गत ग्राहकले १२ हजार ९९९ रुपैयाँमा एक वर्षका लागि ४० एमबीपीएसको डिशहाेम फाइबरनेट पाउनेछन्, जसमा डीटीएच कम्बाे वा आईपी टिभी कम्बाेमध्ये एक राेजेर निःशुल्क प्रयाेग गर्न सक्नेछन् ।
कम्पनीका जनरल म्यानेजर रमेश सापकोटाका अनुसार डाइनामिक प्याक खरिद गर्ने ग्राहकले निःशुल्क जडान सेवा पाउनुका साथ एडभान्स्ड वाई-फाई राउटर, डीटीएच सेटटप बक्स, आईपी टिभी सेटटप बक्स, डिशहाेम गाे (माेबाइल र वेब दुवै) एप, एक्सभिओडी (XVOD) गरी डिशहाेमकाे पुरै सेट निःशुल्क पाउनेछन् ।
त्यस्तै कम्पनीले वार्षिक साढे ११ हजार रूपैयाँमा २५ एमबीपीएस इन्टरनेटका साथै डीटीएच र आईपी टिभी कम्बाे प्राप्त गर्न सकिने याेजना पनि ल्याएकाे छ ।
अब २५ एमबीपीएसमाथिका सबै इन्टरनेट प्याकेजमा अब निःशुल्क आईपी टिभी कम्बाे प्राप्त गर्न सकिने सापकाेटाले जनाए ।