close

ईसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदा शर्माले जिते होण्डा डिओ स्कुटी

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १८:२५

ईसेवा मनि ट्रान्सफरबाट पैसा पठाउँदा शर्माले जिते होण्डा डिओ स्कुटी

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजनाअन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ ।

यस योजनाअन्तर्गत विदेशबाट ईसेवा मनि ट्रान्सफरमार्फत पैसा पठाएका व्यक्तिमध्ये गोलाप्रथाबाट स्विडेनमा बसोबास गर्दै आएका पूर्णप्रसाद शर्मा विजेता घोषित भएका छन् ।

शर्माले रेमिट्लीबाट ईसेवा मनि ट्रान्सफरमार्फत नेपालमा पैसा सिधै बैंक डिपोजिट गरेका थिए । विजेताका प्रतिनिधिलाई ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले साँचो हस्तान्तरण गरे ।

असोज २ गतेदेखि मंसिर २ सम्म सञ्चालित यस याेजनामा बम्पर उपहार ‘होन्डा डिओ स्कुटी“ का अलावा मासिक विजेतालाई ४३ इन्चको टेलिभिजन, साप्ताहिक विजेतालाई रेफ्रिजेरेटर र दैनिक विजेतालाई मिक्सर ग्राइण्डर प्रदान गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२