close

जनवरीदेखि ‘पब्जी ब्याटलग्राउण्ड’ नि:शुल्क

टेकपाना टेकपाना

मंसिर २४, २०७८ १७:५४

जनवरीदेखि ‘पब्जी ब्याटलग्राउण्ड’ नि:शुल्क

काठमाडौं । आगामी नयाँ वर्षदेखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने भएको छ । बिहीवार भएकाे ‘दी गेम अवार्ड्स २०२१’ का अवसरमा आगामी जनवरी १२ देखि पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुने जानकारी दिइएकाे हाे ।

पब्जी ब्याटलग्राउण्ड नि:शुल्क खेल्न पाइने भएपछि शुल्क तिर्नेहरूका लागि ‘ब्याटलग्राउण्ड प्लस’ नामको नयाँ प्रिमियम खाता सार्वजनिक हुनेछ ।

‘ब्याटलग्राउण्ड प्लस’ खाताले खेलाडीहरूलाई अतिरिक्त आम्दानी गर्न सघाउनुका साथै कस्टम म्याच र अन्य बोनसको सुविधा दिनेछ । खाता अपग्रेड गर्न एकपटक १२.९९ अमेरिकी डलर शुल्क लाग्नेछ ।

पब्जी ब्याटलग्राउण्ड नि:शुल्क हुनुअघि नै शुल्क तिरेर खेलिरहेका खेलाडीले भने एक विशेष प्याकेज पाउनेछन्, जसमा नि:शुल्क ब्याटलग्राउण्ड प्लस खाता अपग्रेड र अन्य सुविधा समावेश हुनेछ ।

पब्जीको यो नि:शुल्क भर्सन प्ले स्टेसन ४, प्ले स्टेसन  ५, विन्डोज पिसी (स्टिम मार्फत ), एक्स बक्स  वान, र एक्स बक्स सिरिज एक्समा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२