close

टेलिकमका १४ जना कर्मचारी वरिष्ठ पद नायब प्रबन्ध निर्देशकमा बढुवा

टेकपाना टेकपाना

पुस ८, २०७८ १२:१६

टेलिकमका १४ जना कर्मचारी वरिष्ठ पद नायब प्रबन्ध निर्देशकमा बढुवा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना १४ जना कर्मचारीको बढुवा गरेको छ । कम्पनीले गत मंसिर ३ गते प्रकाशित आवेदनका आधारमा वरिष्ठतम् पदका लागि बढुवा हुने कर्मचारीको नाम सार्वजनिक गरेको हो ।

टेलिकमका अनुसार १० औँ तहका १० जना प्राविधिक प्रबन्धक ११ औँ तहको नायब प्रबन्ध निर्देशकमा बढुवा भएका छन् । जसमा मिनु प्रधान, अनन्तमान सिंह, विनिता श्रेष्ठ, संगीता पहाडी, राधाकृष्ण ढुङ्गेल, सूर्यनारायण मालाकार, सविना मास्के, सनाउल्लाह खान, नरेशकाजी शाक्य र झविन्द्रलाल उपाध्याय रहेका छन् ।

त्यस बाहेक लेखा तर्फका प्रबन्धक राजेन्द्र श्रेष्ठ र प्रेम बहादुर गुरुङ, प्रशासन समूहका प्रबन्धक सुरजसिंह थापा र प्रशासन तथा प्राविधिक मिश्रित राजेन्द्र अर्यालले समेत नायब प्रबन्ध निर्देशकमा पदोन्नति पाएका छन् । नायब प्रबन्ध निर्देशक पद टेलिकमको प्रबन्ध निर्देशक पछिको दोस्रो वरिष्ठ पद हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२