काठमाडौं । मेरी क्रिसमस २०२१ लाई लिएर प्रविधिको दिग्गज कम्पनी गुगलले आफ्नो प्लेटफर्ममा स्यान्टा ट्र्रयाकर वेबसाइट लाइभ गरेको छ । यो वेबसाइट खासगरी बालबालिकाका लागि ल्याइएको हो ।
वेबसाइटको सहयोगमा बालबालिकाले रियल टाइममा स्यान्टा लोकेसन देख्न सक्नेछन् । यसका साथै बालबालिकालाई यहाँबाट स्यान्टाले कति गिफ्ट दिइसकेको छ भन्ने जानकारी मिल्नेछ ।
त्यसो त कम्पनीले पछिल्लो १८ वर्षदेखि क्रिसमसको अवसरमा स्यान्टा ट्र्रयाकर वेबसाइट लाइभ गर्दै आइरहेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले स्मार्टफोन, कम्प्युटर, ल्यापटप, म्याक, आईफोन आदिको वेब ब्राउजरमा गएर स्यान्टा ट्रयाक वेबसाइट प्रयोग गर्न सक्नेछन् ।
त्यसमा प्रयोगकर्तालाई सेन्टाको वर्तमान स्थान, उसको आगामी यात्रा, यात्राको लाइभ भिडिओ फिड र प्रत्येक विशिष्ट स्थानमा पुग्नका लागि लाग्ने अनुमानित समयको लाइभ म्याप देख्न सकिनेछ ।
प्रयोगकर्तालाई स्यान्टा ट्र्याकर वेबसाइटमा त्यस्ता लोकेसनको फोटो प्राप्त हुनेछ, जसलाई स्यान्टाले पहिले नै पुरा गरिसकेको छ ।
साथै त्यस्ता गिफ्टको जानकारी मिल्नेछ, जसलाई स्यान्टाले डेलिभरी गरिसकेको छ । यस बाहेक प्रयोगकर्ताले यो वेबसाइटमा गेम खेल्नेदेखि लिएर भिडिओ हेर्ने सम्मका सुविधा प्राप्त गर्न सक्छन् ।
यद्यपि कयौँ यस्ता वेबसाइट र मोबाइल एप छन्, जसको माध्यमबाट भर्चुअल स्यान्टालाई ट्रयाक गर्न सकिन्छ । तर गुगलको सेन्टा ट्रयाकिङ वेबसाइट अझ बढी अन्तरक्रियात्मक छ । प्रयोगकर्ताले यसमा अन्य वेबसाइट तथा एपको तुलनामा धेरै जानकारी प्राप्त गर्न सक्छन् ।
कहाँ पुग्यो त स्यान्टा भनेर थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।