close

चीनले गर्‍यो नयाँ क्यामेरा स्याटेलाइटको सफल परीक्षण

टेकपाना टेकपाना

पुस १२, २०७८ ८:३९

चीनले गर्‍यो नयाँ क्यामेरा स्याटेलाइटको सफल परीक्षण

काठमाडौं । चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङका लागि नयाँ अप्टिकल उपग्रह ‘जियान–१ ०२ ई’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

स्थानीय समयअनुसार बिहान ११ः११ बजे देशको उत्तरपश्चिमी प्रान्त सान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च–४ सी’ (चाङ्झेङ ४) प्रक्षेपण वाहन प्रयोग गरी प्रक्षेपण गरिएको हाे ।

यसले पृथ्वीको सतहको फोटो खिच्नुका साथै ‘जियान–१ ०२ ई’ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले जनाएकाे छ ।

‘जियान–१ ०२ ई’को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह, जुन चीन–अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ (होप) को भाग हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२