close

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

पुस १८, २०७८ ९:५

त्रिविमा एमबीएका लागि भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले एमबीए (मास्टर्स ईन बिजनेश एडमिनिस्ट्रेसन) विषयका लागि भर्ना खुलाएको छ ।

२०२२ को स्प्रिङ सिजनका लागि विश्वविद्यालयले एक सूचना जारी गर्दै नयाँ सत्रका लागि भर्ना प्रक्रिया सुरू गरेको हो ।

स्नातक तहमा न्यूनतम २.० सीजीपीए वा ४५ प्रतिशत ल्याएका विद्यार्थीले यो शैक्षिक कार्यक्रमका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइन फारमका लागि यहाँ क्लिक गर्नुहोस् । विद्यार्थीले आउँदो जनवरी ३१ तारिखसम्म एमबीएका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२