close

नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो अजोड इन्स्युरेन्स, बीमा दाबी भुक्तानी अनलाइनबाटै

टेकपाना टेकपाना

पुस २३, २०७८ १८:२

नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो अजोड इन्स्युरेन्स, बीमा दाबी भुक्तानी अनलाइनबाटै

काठमाडौं । अजोड इन्स्युरेन्स लिमिटेड नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडिएको छ । त्यसका लागि दुई संस्थाबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा अजोडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

यो सम्झौतासँगै अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिन अर्को निर्जीवन बीमा कम्पनी बनेको छ ।

यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायतका कारोबार सिस्टममा आबद्ध बैंकको खाताबाट सोझै गर्न सकिने जनाइएको छ ।

यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने जनाइएको छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५