टेलिकमको भोल्टे सपोर्ट गर्ने स्मार्टफोनको सङ्ख्या ७७ पुग्यो, तपाईँकोमा चल्छ कि चल्दैन ?
पुस २९, २०७८ २०:२६
काठमाडौं । नेपाल टेलिकमको भोल्टे (भीओएलटीई) सेवा परीक्षण सञ्चालनमा आएको करिब ८ महिना पूरा हुने क्रममा छ । कम्पनीले यसको व्यावसायिक सञ्चालनको अन्तिम तयारी गर्दै गर्दा भोल्टे सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या समेत बढ्दै गएको छ ।
कम्पनीका अनुसार हालसम्म विभिन्न आठ ओटा कम्पनीका कूल ७७ ओटा स्मार्टफोन मोडेलमा भोल्टे सपोर्ट उपलब्ध भइसकेको छ । जसमा सामसङका ३१, आईफोनका १९, साओमीका १२, नोकियाका ६, भिभो र जेडटीईका समान तीन, ओप्पोका दुई र वनप्लसको एउटा मोडेलमा यो सेवा प्रयोग गर्न सकिने भएको छ ।
फोरजी एलटीई प्रविधिमै एचडी भ्वाइस तथा भिडिओ कल गर्न सकिने गरी कम्पनीले गत जेठ ३ गते भीओएलटीई सेवा परीक्षण सञ्चालनमा ल्याएको थियो । टेलिकमले पहिलो पटक भीओएलटीई सेवा सक्रिय गर्ने ग्राहकलाई १०० मिनेटको निःशुल्क प्याकेज उपलब्ध गराउँदै आएको छ ।
थप सेवा लिँदा नियमित ट्यारिफ रेटमै गुणस्तरिय भ्वाइस र भिडिओ कल गर्न सकिन्छ । यसका लागि डेटा अन गरिरहनु पर्ने बाध्यता समेत हुँदैन ।
कसरी एक्टिभ गर्ने टेलिकमको भोल्टे ?
सुरुमा आफ्नो आईफोनमा *444# डायल गर्नुहोस् र सिममा भीओएलटीई एक्टिभ गराउनुहोस् । अब फोनको सेटिङबाट सेलुलरहुँदै सेलुलर डेटा अप्सन>भ्वाइस एन्ड डेटा>सेलेक्ट एलटीईमा गएर त्यसको तल रहेको इनेबल भीओएलटीई अन गर्नुहोस् ।
तर याद राख्नुहोस्, एन्ड्रोइडमा जस्तो आईफोनमा माथि भीओएलटीई लेखिएको देखिन्न, भीओएलटीई चलेको अवस्थामा समेत माथि तपाईंले फोरजीको संकेत मात्र देख्न सक्नुहुनेछ ।
अब १४४४ मा डायल गर्नुहोस् । यो नम्बरमा डायल गर्दा तपाईंको आईफोनमा भीओएलटीई चलेको छ कि छैन भनेर यकिन हुनेछ । यदि चल्छ भने प्राप्त निर्देशनअनुसार अङ्क १ थिच्नुहोस् र निःशुल्क १०० मिनेट भीओएलटीई कल सेवा प्राप्त गर्नुहोस् ।
तर यदि तपाईंको आईफोनमा आईओएसको पछिल्लो भर्सन छैन र कुनै क्यारियर स्पेसिफिक तथा जेल ब्रेक गरिएको आईफोन हो भने त्यसमा टेलिकमको भोल्टे नचल्न सक्छ ।
टेलिकमको भीओएलटीई सपोर्ट उपलब्ध रहेका मोबाइल
सामसङ
- Galaxy M01s
- Galaxy M02
- Galaxy M02s
- Galaxy M11
- Galaxy M12
- Galaxy M21
- Galaxy M30s
- Galaxy M31
- Galaxy A12
- Galaxy A51
- Galaxy A52
- Galaxy A70
- Galaxy A70s
- Galaxy A71
- Galaxy A72
- Galaxy Note 10 Lite
- Galaxy S10
- Galaxy S10+
- Galaxy S10e
- Galaxy S20
- Galaxy S20+
- Galaxy S20 ultra
- Galaxy S20 FE
- Galaxy S21
- Galaxy S21+
- Galaxy S21 Ultra
- Galaxy Note 10
- Galaxy Note 10+
- Galaxy Note 20
- Note 20 Ultra
- Galaxy Z Fold2
साओमी
- Redmin 8A
- Redmi Note 9 pro
- Redmi Note 9
- Redmi Note 7 Pro
- Redmi Note 10 Pro
- Redmi 9C
- Redmi 9A
- Redmi 9 Prime
- Redmi 8, Redmi 7
- Poco F1
- Mi Note 10 Lite
- Mi 10
नोकिया
- Nokia 5.3
- Nokia 7.2
- Nokia 3.4
- Nokia G20
- Nokia 1.4
- Nokia G10
आईफोन
- iPhone 6
- iPhone 6S
- iPhone 6S Plus
- iPhone 7
- iPhone 7 Plus
- iPhone 8
- iPhone 8 Plus
- iPhone SE
- iPhone X
- iPhone XR
- iPhone XS
- iPhone XS MAX
- iPhone 11
- iPhone 11 Pro
- iPhone 11 Pro Max
- iPhone 12
- iPhone 12 mini
- iPhone 12 Pro
- iPhone 12 Pro Max
जेडटीई
- ZTE Blade A51
- ZTE Blade V30
- ZTE Blade A71
ओप्पो
- OPPO F19
- OPPO A16
भिभो
- vivo Y51
- vivo Y20
- vivo Y20s
वनप्लस
- OnePlus CE
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
