close

वेबसाइटमा गलत सूचना राख्ने ४ टेलिकम कम्पनीलाई १ अर्ब ६६ करोड जरिवाना !

टेकपाना टेकपाना

पुस १५, २०७६ १२:३२

वेबसाइटमा गलत सूचना राख्ने ४ टेलिकम कम्पनीलाई १ अर्ब ६६ करोड जरिवाना !

नेदरल्याण्डको उपभोक्ता तथा बजार हेर्ने निकाय (एसीएम) ले त्यहाँका चार ठूला टेलिफोन सेवा प्रदायक कम्पनीलाई कारवाही गरेको छ । टेलिफोन सेवा प्रदायक कम्पनी केपीएन, टेली टू, टी–मोबाइल र भोडाफोन कम्पनीलाई कुल १३ मिलियन युरो अर्थात करीब १ अर्ब ६६ करोड जरिवानगरिएको हो ।

वेबसाइटमा राखिएका गलत तथा अपूर्ण सूचनाले प्रयोगकर्तालाई उपयुक्त प्याकेज छनोट गर्न कठिन हुनुका साथै त्यस्ता सूचनाले अनुचित प्रतिस्पर्धाकाे अवस्था सिर्जना हुने भएकाले कारबाही गरिएको एसीएमले जनाएको छ । टेलिफोन प्रयोगकर्ताले ‘नसोचेको शूल्क र धेरै बिल तिर्नुपरेको भन्दै गुनासो दर्ता गराएका थिए ।

उक्त गुनासोमा दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले कुनै कदम नचालेपछि एसीएमले कम्पनीहरुको वेबसाइट अध्ययन गरेको थियो । अध्ययनका क्रममा कम्पनीहरुले आफ्नो वेबसाइटमा राखेका सूचना अपूर्ण र गलत भएको पत्ता लागेको थियो ।

भन्दा अनलिमिटेड डेटा भनिएतापनि प्रयोगगर्दा अनलिमिटेड नपाइएपछि टेली टू र टी–मोबाइललाई कारवाही गरिएको हो । त्यस्तै केपीएनले पनि सस्तो मूल्यमा भ्वाइस र म्यासेज अनलिमिटेड भने पनि त्यसअनुसार सेवा उपलब्ध नगराएको पाइएको एसीएमले जनाएको छ । भोडाफोन भने आफ्ना पुराना ग्राहकको तुलनमा नयाँ ग्राहकलाई लिने शूल्क चर्को राखेको पाइएपछी जरिवानमा परेको हो ।

सबैभन्दा बढी टी–मोबाइललाई जरिवाना गरिएको छ । उसलाई ३.९ मिलियन युरो जरिवाना गरिएको छ भने केपीएनले ३.५ मिलियन युरो, भोडाफोनले ३.१ र टेली टूले २.७ मिलियन युरो जरीवाना तिर्नुपर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१