close

स्वास्थ्य क्षेत्रका सकारात्मक कामको अपडेट दिन वेबसाइट सार्वजनिक

टेकपाना टेकपाना

माघ २४, २०७८ १७:१०

स्वास्थ्य क्षेत्रका सकारात्मक कामको अपडेट दिन वेबसाइट सार्वजनिक

काठमाडौं । स्वस्थ्य क्षेत्रमा भइरहेको कामको विषयमा जानकारी दिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘गुड प्राक्टिसेस’ पोर्टलको सुरुवात गरेको छ ।

देशभर स्वास्थ्य क्षेत्रमा भइरहेको सकारात्मक, रचनात्मक र सामान्य गरिरहेका भन्दा फरक तथा नवीनतम पहलहरूलाई एउटै प्लेटफर्ममा संकलन गरेर जानकारी उपलब्ध गराउने उद्देश्यले यो पोर्टलको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ ।

सञ्चार माध्यम लगायत विभिन्न स्रोतहरूबाट पोर्टलका लागि सामग्री संकलन गरिने मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यस पोर्टलले सम्बन्धित व्यक्तिहरूलाई आफू वरपर भइरहेका स्वास्थ्य क्षेत्र सम्बन्धित गतिविधि वा सुविधाका बारेमा समेत जानकारी प्राप्त गर्न सहज हुनेछ ।

विभिन्न सञ्चार माध्यमहरूमा आएका समाचारसँगै यो पोर्टलमा आफ्नो प्रदेश, जिल्ला अथवा स्थानीय तहमा सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य सेवाहरूको विषयमा जानकारी पनि प्राप्त गर्न सकिनेछ ।

साथै स्थानीय, प्रदेश र संघीय स्तरमा स्वास्थ्य क्षेत्रका लागि भएका निर्णयहरू हेर्न तथा नीतिगत दस्तावेजहरू पनि हेर्न सकिन्छ ।

यदि कोही कसैको क्षेत्रमा स्वास्थ्य सम्बन्धि कुनै काम भइरहेको छ भने सोको बारेमा पोर्टलमा आफैंले दर्ता गरेर जानकारी आफैं उपलब्ध गराउन पनि सकिने मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२